प्रिमियर लिग : म्यानचेस्टर युनाईटेडको सानदार विजयी सुरुवात - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रिमियर लिग : म्यानचेस्टर युनाईटेडको सानदार विजयी सुरुवात

काठमाडौं । म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकाल्दै नयाँ सिजनको सुरुवात गरेको छ ।

शनिबार साँझ भएको आफ्नो पहिलो खेलमा लिड्स युनाईटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै युनाईटेडले सानदार विजयी सुरुवात गरेको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले ह्याट्रिक पूरा गरे । यस्तै मासन ग्रीनउड र फ्रेडले एक एक गोल गरे । लिड्सका लागि भने लुक आयलिङले एक गोल फर्काए ।

ओल्ड ट्राफोर्डमा खेलको ३० औं मिनेटमा पाउल पोग्बाको पासमा ब्रुनोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४८ औं मिनेटमा लुकले गोल गर्दै लिड्सलाई १–१ को बराबरीमा फर्काए । त्यसपछि युनाईटेडले पाहुना टोलीविरुद्ध लगातार गोल गर्यो ।

खेलको ५२ औं मिनेटमा पोग्बाको पासमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई २–१ को अग्रता दिलाए । यसैगरि ५४ औं मिनेटमा ब्रुनोले पोग्बाकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाए ।

खेलको ६० औं मिनेटमा भिक्टर लेन्डीलोफको पासमा ब्रुनोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा घरेलु टिम ४–१ ले अघि रह्यो । ब्रुनो यस सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बने ।

त्यसपछि खेलको ६८ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ५–१ को सानदार जित दिलाए । फ्रेडले पनि पोग्बाको पासमा गोल गरेका हुन् । लिड्सविरुद्धको फराकिलो जितमा पोग्बाले चार असिस्ट गरे ।

जितसँगै युनाईटेडले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । युनाईटेड तालिकाको शीर्ष स्थानमा रहेको छ ।

लिड्सले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

सम्बन्धित खवर