ला लिगा : बार्सिलोनाको सानदार विजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोनाको सानदार विजयी सुरुवात

एजेन्सी स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार विजयी सुरुवात गरेको छ ।

घरेलु मैदानमा आइतबार राति रियल सोसीडाडलाई ४–२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद सुरुवात गरेको हो ।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे भने जेरार्ड पिके र सेर्जी रोबर्टोले एक एक गोल गरे । सोसीडाडका भने जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक एक गोल फर्काए ।

खेलको १९ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता २–० को बनाए ।

त्यसपछि खेलको ५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।

खेलको ८२ औं मिनेटमा जुलेनले गोल गर्दै सोसीडाडलाई ३–१ को स्थितिमा ल्याए । खेलको ८५ औं मिनेटमा मिकेलले गोल गर्दा सोसीडाड ३–२ को अवस्थामा आयो ।

तर, खेलको इन्जुरी समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए । जितसँगै बार्सिलोनाले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

 

सम्बन्धित खवर