लिग वान : पीएसजीको लगातार तेस्रो जित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिग वान : पीएसजीको लगातार तेस्रो जित

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ४–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो ।

पीएसजीलाई जित दिलाउन एण्डर हेरेरा, केलियन एमबाप्पे, इद्रिसा गाना र एन्जल डी मारियाले एक एक गोल गरे । ब्रेस्टका लाििग भने फ्रान्क होनोराट र स्टिभ मौनीले एक एक गोल फर्काए ।

हेरेराले खेलको २३ औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपटि एमबाप्पेले खेलको ३६ औं मिनेटमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

यसैगरि फ्रान्कले खेलको ४२ औं मिनेटमा गोल गर्दै ब्रेस्टलाई २–१ को स्थितिमा ल्याए । इद्रिसाले खेलको ७३ औं मिनेटमा गोल गर्दै पीएसजीलाई ३–१ को अग्रता दिलाए ।

ब्रेस्टका स्टिभले खेलको ८५ औं मिनेटमा गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा डी मारियाले गोल गर्दै पीएसजीलाई ४–२ गोलको जित दिलाए ।

यस जितसँगै पीएसजी ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । ब्रेस्ट भने ३ खेलमा २ अंक जोड्दै १२ औं स्थानमा रहेको छ ।

सम्बन्धित खवर