एकदिवसीय सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा - Mangsebung News
  • मङ्गलबार, पुष ०८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिम घोषणा गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा क्यानले शनिबार १७ सदस्यीय टिमको घोषणा गरेको हो । बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

नेपाली टिम मंगलबार सिरिजका लागि ओमान प्रस्थान गर्ने छन् । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।

नेपालले सिरिज अघि पपुवा न्युगिनी (पीएनजी) पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा दुई एकदिवसीय खेल्ने क्यानले जनाएको छ ।

त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि भने खेल तालिका सार्वजनिक भएको छैन । यसैगरि बन्द प्रशिक्षणमा रहेकाबाट कमल सिंह ऐरी र शाहब आलम बाहिरिएका छन् ।

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ, रोहित कुमार पौड्याल

सम्बन्धित खवर