ला लिगा : मेस्सी विनाको बार्सिलोना बराबरीमा रोकियो - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : मेस्सी विनाको बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा मेस्सी विनाको बार्सिलोना बार्सिलोना बराबरीमा रोकिएको छ ।

शनिबार राति बिल्बाओको मैदानमा भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ७५ औं मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यस्तै खेलको इन्जुरी समयमा ईरिक ग्रासियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

यस बराबरीसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । बिल्बाओ २ खेलमा २ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।

 

सम्बन्धित खवर