प्रिमियर लिग : लुकाकुको डेब्यु गोलमा चेल्सीको सहज जित - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रिमियर लिग : लुकाकुको डेब्यु गोलमा चेल्सीको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा चेल्सीले आर्सनललाई पराजित गर्दै जीत दर्ता गरेको छ ।

आइतबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गर्दै जीत दर्ता गरेको हो ।

चेल्सीलाई जित दिलाउन बेल्जियमका फरवार्ड रोमेलु लुकाकु र रीस जेम्सले एक एक गोल गरे ।

हालै इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका लुकाकुले खेलको १५ औं मिनेटमा जेम्सको पासमा डेब्यु खेलमै गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि मासन माउन्टको पासमा जेम्सले खेलको ३५ औं मिनेटमा उत्कृष्ट गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।

यस जितसँगै चेल्सीले लिगमा लगातार दोस्रो जित निकाल्दै २ खेलमा ६ अंक जोडेको छ । चेल्सी तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । आर्सनलको यो लगातार दोस्रो हार हो ।

 

सम्बन्धित खवर