लिग वान : मेस्सीको डेब्यु खेलमा पीएजीको जित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिग वान : मेस्सीको डेब्यु खेलमा पीएजीको जित

एजेन्सी । फ्रान्सेली लिग वानमा लियोनल मेस्सीको डेब्यु खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित हासिल गरेको छ ।

आईतबार राति पीएसजीले नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेको खेलमा रेइम्सलाई २–० गोल अन्तरले पाराजित गर्दै जित हासिल गरेको हो ।

अर्जेन्टिनी फरवार्डले ३० नम्बरको जर्सी लगाएर डेब्यु गर्दा खेलमा उपस्थित सबै दर्शक उठेर उनलाई सम्मान गरेका थिए ।

बार्सिलोना बाहेक अन्य टोलीबाट मेस्सी पहिलो पटक मैदान उत्रिएका हुन् । बेन्चबाट खेलको सुरुवात गरेका ६६ औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए ।

मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए । खेलको १६ औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए ।

यसैगरि खेलको ६३ औं मिनेटमा अच्राफ हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरे । जित सहित पीएसजीले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

सम्बन्धित खवर