मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम नेपाल आईपुग्यो - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम नेपाल आईपुग्यो

काठमाडौं । भारतीय फुटबल टिम नेपालसँगको मैत्रीपूर्ण खेलका लागि सोमबार अपरान्ह नेपाल आईपुगेका छन् ।

भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए ।

इन्डिया फुटबल फेडेरेसनले नेपालसँगको मैत्रीपूर्ण खेलका लागि शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले टिम घोषणा हो ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाल र भारतले माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुनेछ ।

 

सम्बन्धित खवर