फाल्गुनन्द साकोसको प्रतिवेदन सार्वजनिक - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाल्गुनन्द साकोसको प्रतिवेदन सार्वजनिक

No description available.
दमक\ फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आसन्न १० औ साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।

दमक ६ मा रहेको संस्थाको आफनै सभाहलमा मंगलबार पत्रकार सम्मेलन गरि प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन पुस्तिकालाई संस्थाका अध्यक्ष पदम लिङदेन ( संकल्प ), उपाध्यक्ष महेन्द्र चाम्लिङ, सचिव दिलीप जवेगु, कोषाध्यक्ष फूलकुमारी आङदेम्बे, व्यवथापक कुवेर तुम्वापो लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष लिङदेनले विश्व ब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाउदै यसवर्ष असोज ७ गते साधारणसभा सम्पन्न गरिने तय भएको जनाएका छन् ।

लिङदेनका अनुसार यसवर्ष संस्थाको चुनावी साधारणसभा समेत भएकाले त्यसैअनुसार कार्यक्रम तय गरिएको छ । जसअन्तर्गत असोज ५ मा सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका लागि उम्मेदवारी दर्ता, ६ गते उम्मेदवारी माथि दावीविरोध र फिर्ता र ७ गते साधारणसभा सम्पन्न गरिने जनाईएको छ ।

No description available.

दमकमा मुख्य कार्यालय रहेको सहकारीले जिल्लाको शिवसताक्षी, बिर्तामोड सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । यसवर्ष उर्लाबारी, मिक्लाजुङ गाँउपालिका मोरङ, चुलाचुली र माङसेबुङ इलाम लगायत झापा, मोरङका १० स्थानमा सेवा केन्द्र विस्तार गरिने योजना रहेको अध्यक्ष लिङदेनले बताएका छन् । संस्थाले मुख्य कार्यालयसहित सेवाकेन्द्रवाट शेयर सदस्यहरुलाई प्रतिवेदन वितरण गरिने जनाईएको छ ।
अध्यक्ष लिङदेनले संस्थाको आगामी चार वर्ष भित्र प्रदेशकै एक उत्कृष्ठ सहकारीका रुपमा विस्तार गरि आफनै भवन, शेयर सदस्यको सुविधाका लागि मोवाइल बैकिङ लगायतका सेवा विस्तार गरिने लक्ष्य रहेको सुनाए ।

प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका अध्यक्ष लिङदेनले संस्थाको गतिविधिका बारेमा र व्यवस्थापक कुवेर तुम्बापोले संस्थाको वित्तिय विवरण संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए । सो कार्यक्रममा संस्थाका सञ्चालक, उपसमितिका पदाधिकारी तथा सदस्यहरुकोे उपस्थिति रहेको थियो ।

कारोवारमा बृद्धि
१६४८ जना शेयर सदस्य रहेको सहकारीले कोरोना महामारीका बाबजुद कारोवार वृद्धि गर्न सफल भएको छ । संस्थाका व्यवस्थापक तुम्बापोका अनुसार संस्थाले महामारीका बीच पनि सेवा विस्तार संगै आर्थिक प्रगति गर्न लक्ष्य अनुरुप बृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्षको शेयर पूंजीलाई झण्डै दोव्वर बृद्धि गरेर ३ करोड ६५ लाख १२ हजार ३सय पुरयाँएको छ भने कुल कारोवार ७५ करोड २९ लाख ७६ हजार २७८ रुपैया गर्न सफल भएको व्यवस्थापक तुम्बापोले जनाएका छन् । त्यस्तै, वासलात २६ करोड ११ लाख ५ हजार ६९ रुपैया रहेको संस्थाले जनाएको छ । संस्थाले १८ करोड ३३ लाख २० हजार ९६४ रुपैया कर्जा लगानी , १४ करोड १६ लाख ४७ हजार ४९४ रुपैया बचत गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

सम्बन्धित खवर