फिफा विश्वकप छनोट : अर्जेन्टिना र ब्राजिलको जित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप छनोट : अर्जेन्टिना र ब्राजिलको जित

एजेन्सी । अर्जेन्टिनाले दक्षिण अमेरिकी फिफा विश्वकप छनोटमा जित हात पारेकोे छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।

अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेज, जोआक्विन कोरेया र एन्जल कोरेयाले एक एक गोल गरे । यस्तै भेनेजुएलाका लागि भने एफर्सन सोटेल्डोले एक गोल फर्काए ।

लुइस मार्टिनेजले खेलको ३२ औं मिनेटमा रातो कार्ड पाएपछि भेनेजुएला १० खेलाडीमा समेटिएको थियो ।

मार्टिनेजले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अर्जेन्टिनालाई १–० को सुरुवाती अग्रता दिलाए ।

यसैगरि जोआक्विनको गोलमा खेलको ७१ औं मिनेटमा अर्जेन्टिनाले अग्रता २–० को बनायो । त्यसपछि खेलको ७४ औं मिनेटमा एन्जलले गोल गरेपछि अर्जेन्टिनाले ३–० को अग्रता बनायो ।

भेनेजुएलाका सोटेल्डोले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै नतिजा ३–१ ले सुम्पेको थियो ।

यसैगरि शुक्रबार बिहाननै सम्पन्न अर्कोे खेलमा चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले जित निकालेको छ ।

ब्राजिलको जितमा एभर्टन रिबिरोले खेलको ६४ औं मिनेटमा निर्णायक गोल गरे ।

 

सम्बन्धित खवर