दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग पराजित - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग पराजित

काठमाडौं । दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।

आईतबार साँझ भएको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाललाई भारतले २–१ ले पराजित गरेको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री र फारुख हाजी चौधरीले एक एक गोल गरे । नेपालका लागि भने तेज तामाङले एक गोल फर्काए ।

खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीको गोलमा भारतले अग्रता बनाएको थियो । भारतीय कप्तान सुनिल क्षेत्रीले हेडमार्फत डिबक्सभित्र उपलब्ध गराएको बलमा चौधरीले गोल गरेका थिए ।

खेलको ८० औं मिनेटमा गोलका लागि हतारिएको नेपाली टिमविरुद्ध काउन्टरमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाउने काम गरे ।

खेल सकिन ५ मिनेट अघि तेजले नेपालका तर्फबाट एक गोल फर्काए । राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तराष्ट्रिय गोल गर्न सफल भए ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतलाई मैत्रीपूर्ण फुटबल खेलका लागि काठमाडौंमा आतिथ्यता प्रदान गरेको थियो ।

बिहिबार पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेको थियो ।

 

सम्बन्धित खवर