देशभर थप १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८ सय ५८ पुगेको छ ।

सोमबार देशभरबाट १ हजार ७ सय ४३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोना जितेर घर फर्कनेको संख्या ७ लाख २८ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ६ सय ९ आरटी पिसिआर र ४ हजार ३ सय ७० एन्टिजेन गरी कुल १५ हजार ९ सय ७९ जनामा कोरोना परीक्षण गरिएकोमा १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै अहिले देशभर ३० हजार ९ सय ७३ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । संक्रमितहरूमध्ये २८ हजार ९ सय ११ जना होम आइसोलेसनमा, २ हजार ६२ संस्थागत आइसोलेसनमा र २ सय ६० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर