राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने मन्त्रिपरिषदको निर्णय - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गर्दै सरकारले कात्तिक २५ देखि मंसिर ९ गतेसम्ममा सक्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको हो ।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका मन्त्रीपरिषदमा प्रस्ताव गरेको थियो ।

सोही अनुरुप जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने निर्णय भएको छ । मन्त्रीपरिषदले निर्णय स्वीकृत गरेसँगै विभाग अन्तिम तयारीमा जुटेको जनाएको ।

विभागको बनाएको कार्यतालिका अनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्ने जनाएको छ ।

त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने निर्देशक लामिछानेले जानकारी दिए । उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

तोकिएकै समयमा जनगणना हुन नसक्नुको मुख्य कारण कोरोना महाकारी कै कारण भएको हो । यो बर्षको जनगणना २०७८ सालभित्र सक्ने विभागले जनाएको छ ।

 

 

सम्बन्धित खवर