आज नेपाल र पीएनजीविचको एकदिवसीय अन्तराष्ट्रिय खेल हुदैं - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज नेपाल र पीएनजीविचको एकदिवसीय अन्तराष्ट्रिय खेल हुदैं

काठमाडौं । आज मंगलबार पपुवा न्युगिनी (पीएनजी) सँग ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।

नेपालले आज दुई खेलको सिरिज अन्तर्गत पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे नेपाल र पीएनजीबीचको खेल सुरु हुनेछ ।

नेपालले १९ महिनापछि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि पीएनजीसँग खेल्न लागेको हो ।

नेपालले पछिल्लो पटक लिग–२ अन्तर्गत अमेरिकासँग २०७६ को माघ २९ मा टियु क्रिकेट मैदानमा खेलेको थियो ।

नेपाल र पीएनजीबीच पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेल हुन लागेको हो । यस अघि नेपाल र पीएनजीले एकदिवसीय फर्म्याटमा ४ खेल भने खेलेको छ ।

नेपाल र पीएनजीबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल भने शुक्रबार हुनेछ ।

 

सम्बन्धित खवर