एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेल तालिका सार्वजनिक - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेल तालिका सार्वजनिक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । ईपीएलले चौंथो संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

बुधबार सार्वजनिक खेल तालिका अनुसार पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ ।

टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेल असोज ९ गते हुनेछ भने फाइनल खेल असोज २३ गते हुनेछ ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने जनाएको छ । ईपीएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको हो । अघिल्लो संस्करणको विजेताले २५ लाख र उपविजेताले १० लाख प्राप्त गरेको थियो ।

यससँगै ईपीएल नेपालमा सर्वाधिक पुरस्कार राशीको पÞm्रेन्चाइज क्रिकेट बनेको छ ।

खेल तालिका :

सम्बन्धित खवर