चीनद्वारा तालिवान सरकारलाई तीन करोड दश लाख अमेरिकी डलर सहयोग - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चीनद्वारा तालिवान सरकारलाई तीन करोड दश लाख अमेरिकी डलर सहयोग

एजेन्सी । अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई चीनले समर्थन गर्ने जनाएको छ ।

चीनले विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेलासमर्थन गर्ने घोषणा गरेको हो ।

तालिवान सरकारलाई समर्थन गर्दै चीनले तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ ।

अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमरेट्स अफ तालिवानलाई प्रारम्भीक सहयोग स्वरुप चीनको विदेश मन्त्रालयले तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।

अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेको झण्डै तीन सातापछि केही दिन अगाडि अन्तरिम सरकार गठन भएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुय चुनीनले छिमेकी मुलुकको हैसियतले अफगानिस्तानलाई सहयोग गर्नु चीनको कर्तव्य हुने बताए ।

उनले यस सहयोगलाई अफगानिस्तानी जनतालाई दिइएको आपतकालिन सहयोगको रुपसमेतमा व्याख्या गरे । सहयोग अन्तर्गत चीनले खाद्य पदार्थ, पानीजन्य पदार्थ, खोप, औषधीजन्य पदार्थलगायत पनि रहने प्रवक्ता चुनीनले जानकारी दिए ।

सम्बन्धित खवर