नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रशारण हुने - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रशारण हुने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सबाट हुने भएको छ ।

आइतबार डिश मिडिया नेकवर्कसँग नेपाल क्रिकेट संघ (क्यान) ले प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेसँगै त्रिकोणात्मक एकदिवसीय सिरिजको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सबाट हुने भएको हो ।

सोमबार ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे नेपालले अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । सम्झौतासँगै सिरिज अन्तर्गत नेपालले खेल्ने खेल एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

क्यानका कोषाध्यक्ष रोशन सिंह र डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खवर