एन्फाद्वारा महिला फुटबल टिमको बिदाई, आजै उज्वेकिस्तान जाँदै - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एन्फाद्वारा महिला फुटबल टिमको बिदाई, आजै उज्वेकिस्तान जाँदै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ ।

आज सोमबार सो प्रतियोगिताको लागि उज्वेकिस्तान जाने महिला टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको हो ।

नेपाली टोली आज राति ११ बजे टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान प्रस्थान गर्नेछन् । यस अघिनै मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले छनोटका लागि नेपाली टिमको घोषणा गरिसकेको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।

सेप्टेम्बर १८ (असोज २) मा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । त्यसपछि सेप्टेम्बर २१ (असोज ५) मा नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ ।

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपाली टिम :

अन्जना राना मगर, अन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली योन्जन, निशा थोकर, प्रिती राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह ।

सम्बन्धित खवर