नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकियो - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकियो

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाटै नेपाल बाहिरिएको छ ।

मंगलबार उज्वेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि समूह चरणबाटै बाहिरिएको हो ।

एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो ।

बलमा पकड जमाएपनि नेपालले हङकङविरुद्ध गोल निकाल्न सकेन । हङकङले पनि पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघिको दुई भेटमा नेपाल पराजित भएको थियो ।

हङकङसँगको बराबरीसँगै समूह एफको नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो । नेपाल पुछारमा रहेको छ ।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

 

सम्बन्धित खवर