प्रिमियर लिग : चेल्सीको मैदानमा सिटी विजयी - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रिमियर लिग : चेल्सीको मैदानमा सिटी विजयी

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई पराजित गरेको छ ।

शनिबार चेल्सीको मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन ग्राबियल जिससले कान्सेलोको पासमा खेलको ५३ औं मिनेटमा निर्णायक गोल गरे ।

यस जितसँगै सिटीले ६ खेलमा १३ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा उक्लिएको छ ।

चेल्सीको पनि ६ खेलमा १३ अंक रहेको छ । तेस्रो स्थानको चेल्सीको यो सिजनको पहिलो हार हो ।

सम्बन्धित खवर