च्याम्पियन्स लिग : सिटीमाथि पीएसजीको जित - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग : सिटीमाथि पीएसजीको जित

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीलाई हराउदै जित निकालेको छ ।

पीएसजीको घरेलु मैदानमा समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २–० गोल अन्तरले पराजित गर्दै जित निकालेकोे हो ।

पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे । खेलको आठौं मिनेटमा इद्रिसाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा केलियन एमबाप्पेको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित सहज दिलाए । यस गोलसँगै मेस्सी पीएसजीका लागि पहिलो गोल गर्न सफल भएका छन् ।

यस जितसँगै समूह ए को पीएसजीले २ खेलमा ४ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खवर