काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलमा बेन्फिकासँग पराजित भएको छ ।
बार्सिलोना समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बेन्फिकासँग ३–० ले पराजित भएको हो ।
बेन्फिकालाई जित दिलाउन डार्विन नुनेजले दुई गोल गरे भने राफा सिल्भाले एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा डार्विनले गोल गर्दै बेन्फिकालाई अग्रता दिलाएका थिए । यसैगरि खेलको ६९ औं मिनेटमा राफाले गोल गर्दै बेन्फिकालाई २–० को अग्रता दिलायो ।
त्यसपछि खेलको ७९ औं मिनेटमा डार्विनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै बेन्फियालाई ३–० को सानदार जित दिलाए ।
यससँगै बेन्फिकाले सन् १९६१ पछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल भएको छ ।
यस जितसँगै समूह ई बेन्फिकाले २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
लगातार दोस्रो हार व्यहोरेको बार्सिलोना भने पुछारमा रहेको छ ।