साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुआत गरेको छ ।

शुक्रबार राति मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले सुखद विजयी सुरुवात गरेको हो ।

नेपाललाई जित दिलाउन परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिष डाँगीले खेलको ८५ औं मिनेटमा निर्णायक गोल गरे ।

मनिष खेलको ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । यस जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

नेपालले अब सोमबार दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

 

सम्बन्धित खवर