इन्दिरा र शिवको आवाजमा ‘साप्सु मेलामा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्दिरा र शिवको आवाजमा ‘साप्सु मेलामा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । थुप्रै पालाम तथा याक्थुङ साम्लो पस्किसकेकि गायिका इन्दिरा नेम्बाङ तथा गायक शिव सम्बाहाम्फेको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘साप्सु मेलामा’ सार्वजनिक गरिएको छ ।

गीतकार पेसल मावुहाङको शब्दमा इन्दिरा नेम्बाङकै लय संकलन रहेको पुर्वेली लोक भाकाको गीत ‘साप्सु मेलामा’ गायीका इन्दिरा नेम्बाङको अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजन तथा रेकर्डिङ रहेको गीतलाई किङ स्टुडियोमा रेकर्ड गरिएको हो भने राजु कार्कीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

पूर्व पाँचथरको इम्बुङमा लाग्ने ऐतिहासिक साप्सु मेलाको वयाण गर्दै माया पिरतीका रमाईला किस्साहरु समाबेश गरिएको गीतको स्टुडियो भिडियोलाई भने जस्केलो क्रिएशनले तयार परेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर