यूईएफए नेसन्स लिग : इटालीलाई पराजित गर्दै स्पेन फाइनलमा - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यूईएफए नेसन्स लिग : इटालीलाई पराजित गर्दै स्पेन फाइनलमा

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा इटालीलाई हराउँदै स्पेन प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा इटालीलाई २–१ गोल अन्तरले हराउँदै स्पेन फाइनलमा पुगेको हो ।

स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । इटालीका लोरेन्जो पेल्लिग्रिनीले एक गोल फर्काए ।

१० खेलाडीमा सिमित इटालीमाथि खेलको १७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा इटालीका लोरेन्जोले एक गोल फर्काएपनि स्पेन २–१ ले विजयी भयो ।

स्पेनसँग पराजित भएसँगै इटालीको ३७ खेलको अपराजित यात्रा समेत टुंगिएको छ । अब स्पेनले फाइनलमा बेल्जियम र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।

सम्बन्धित खवर