सिरिजङगा टोलको छैठौं बार्षिक साधारणसभा सम्पन्न - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिरिजङगा टोलको छैठौं बार्षिक साधारणसभा सम्पन्न

  • डिल्लीश्वर मुसाहाङ अम्याङ्सा

दमक । झापाको दमक न.पा. १ को सिरिजङगा टोल विकास संस्थाको छैठौं बार्षिक साधारणसभा आज (बिहिबार) सम्पन्न भएको छ ।

संस्थाको सामुदायिक भवन परिसरमा दमक वडा नं. १ का वडा जनप्रतिनिधि सदस्य गिरीभक्त सोङ्मेन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिरिजङगा टोलका संस्थापक अध्यक्ष इक्सा सम्बाहाङ्फे, लुङ्धुङ टोल विकास संस्था दमक १ का अध्यक्ष याम बहादुर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कियाचु राष्ट्रिय चुम्लुङका सदस्य गुमानसिं सङबाङ्फे, याक्थुङ साहित्य प्रतिष्ठानका कोषाध्यक्ष भुवानी थेगिम, सदस्य बिष्णु केरुङको ुसमेत उपस्थिति रहेको थियो ।

सभामा अध्यक्षद्धारा प्रस्तुत प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन बन्द सत्रले अनुमोदन गरि पारित गर्दै सो साधारणसभाले सेसेमी सेनाल्बोको अध्यक्षतामा विधानत तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिको सचिवमा मालती थापा मगर र कोषाध्यक्षमा प्रकाश राई सर्व सम्मतबाट चयन भएको निर्वाचन समिति संयोजक डम्बर बहादुर श्रेष्ठले बताए ।

सभामा कोषाध्यक्ष तारादेवी राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष ०७७÷७८ को शेयर पूँजी वार्षिक आय÷व्याय तर्फ ६ लाख ७६ हजार २ सय वयालिस रहेको जनाएको छ ।

जम्मा ८५ घरधुरीको सेयर पुँजी ४ लाख ५७ हजार ९ सय साठी र संस्थाको मुलधन १ लाख ४ हजार २ सय तीन रहेको छ भने मौज्दात रकम ५ लाख ६२ हजार १ सय उन्नसत्तरी रहेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

सिरिजङगा टोल विकास संस्थाले टोलको आफ्नै सामुदायिक भवन निर्माण गरी उद्घाटन समेत गरेको, सडक वत्ती मर्मत सम्भार लगायतका कार्यहरु सम्पन्न भएको टोल अध्यक्ष रचना लाओतीले बताएकी छन् ।

संस्थाको अध्यक्ष रचना लाओतीको सभाध्यक्षता सम्पन्न सभा सचिव आरती लिम्बूले संचालन गरेकी थिइन् ।

 

 

सम्बन्धित खवर