साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै, नेपालको सुरुआती–११ घोषणा - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ च्याम्पियनसिप : नेपाल र भारत भिड्दै, नेपालको सुरुआती–११ घोषणा

काठमाडौं । नेपालले आज (आइतबार) माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले नेपाली समय अनुसार राति ९ः४५ वजे मालेस्थित राष्ट्रिय रंगशालामा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

यसैगरि भारतविरुद्धको खेलका लागि नेपालको सुरुआती–११ घोषणा भएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुआती–११ को घोषणा गरेको हो ।

भारतविरुद्धको खेलका लागि तीन खेलाडी परिवर्तन गरिएको छ । मनिष डाँगी, दिनेश राजवंशी र सुजल श्रेष्ठले सुरुआती–११ मा स्थान बनाएका छन् ।

नेपाली टिम –

गोलकिपर– किरण चेम्जोङ

डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन आर्यल

मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ

फरवार्ड – मनिष डाँगी, सुजल श्रेष्ठ, सुमन लामा

सम्बन्धित खवर