साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौं । नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भारतसँग पराजित भएको छ ।

आइतबार मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल बलियो टीम भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औं मिनेटमा एकमात्र निर्णायक गोल गरे ।

यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकाल्दै ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ ।

नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

 

सम्बन्धित खवर