आईसीसी प्लेयर अफ द मन्थ अवार्ड सन्दीप लामिछानेलाई - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी प्लेयर अफ द मन्थ अवार्ड सन्दीप लामिछानेलाई

काठमाडौं । आईसीसी प्लेयर अफ द मन्थ अवार्ड नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जितेका छन् ।

मतको आधारमा सेप्टेम्बर महिनाका लागि लामिछानेले पुरुषतर्फ प्लेयर अफ द मन्थको अवार्ड जितेका हुन् ।

लामिछानेले बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रालाई पछि पारेका हुन् ।

सन्दीपले सेप्टेम्बर महिनामा आईसीसी क्रिकेट विश्वकप लिग–२ को ६ खेल खेल्दै १८ विकेट लिएका थिए ।

सम्बन्धित खवर