साफ च्याम्पियनसिप : नेपालले उपाधिका लागि र भारतसँग प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ च्याम्पियनसिप : नेपालले उपाधिका लागि र भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले आज शनिबार माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपालले र भारतसँग नेपाली समय अनुसार आज राति ८ः४५ बजे पतिस्पर्धा गर्दै छ ।

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । चिरपरिचित दुई प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

भारतविरुद्ध नेपालका विंगर तथा मुख्य खेलाडी अन्जन विष्टले खेल्ने छैनन् । दुई पहेलो कार्डको कारण उनले फाइनल खेल गुमाउने छन् ।

यस्तै मिडफिल्डर पुजन उपरकोटीले खेल्ने सम्भावना कम रहेको छ । चोटको कारण उनले फाइनल खेल्ने सम्भावना कम रहेको छ ।

साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ ।

भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

 

सम्बन्धित खवर