आईपीएल : चेन्नईले चुम्यो चौथोपटक आईपीएलको उपाधि - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : चेन्नईले चुम्यो चौथोपटक आईपीएलको उपाधि

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले चुमेको छ ।

शुक्रबार राति दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि चुमेको हो । यससँगै चेन्नईले चौंथो पटक आईपीएलको उपाधि जित्न सफल सफल भएको छ ।

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने भेन्कातेस एयरले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि दिनेश कार्तिकले ९, कप्तान इयान मोर्गनले ४, राहुल त्रिपाठीले २, सुनिल नारिने २ रन जोड्दा नितिश राना र शकिब अल हसन सुन्य रनमा आउट भए । यस्तै शिबम माभीले २० रन बनाए भने लक्की फर्गुसनले अविजित १८ रन जोडे ।

चेन्नईको जितमा सार्दुल ठाकुरले ३ विकेट लिए भने रविन्द्र जडेजा र जोश हाजलउडले २।२ तथा दिपक चाहर र ड्वाने ब्राभोले १।१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

चेन्नईका फाप डु प्लेसिसले ८३ रनको अर्धशतकीय इनिङ्स खेले भने मोइन अलिले अविजित ३७ रन जोड्दा रुतुराज गायकवाडले ३२ रन बनाए । यस्तै रोबिन उथप्पाले ३१ रन बनाए ।

कोलकाताले सुनिल नारिनले २ तथा शिबम माभीले १ विकेट लिए ।

सम्बन्धित खवर