साफ च्याम्पियनसिप : भारतसँग खेल्न नेपालको सुरुआती–११ घोषणा - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ च्याम्पियनसिप : भारतसँग खेल्न नेपालको सुरुआती–११ घोषणा

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँग खेल्नका लागि नेपालको सुरुआती–११ घोषणा गरिएको छ ।

नेपाली समय अनुसार आज राति ८ः४५ बजे सुरु हुने नेपाल र भारतबीचको खेलका लागि नेपालले किरण चेम्जोङको कप्तानीमा सुरुआती–११ को घोषणा गरेको हो ।

आज नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ । भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।

नेपाली टिम –

गोलकिपर– किरण चेम्जोङ

डिफेन्डर – अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन अर्याल

मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द

फरवार्ड – सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, सुमन लामा

सम्बन्धित खवर