साफ च्याम्पियनसिप : भारत आठौं पटक च्याम्पियन - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ च्याम्पियनसिप : भारत आठौं पटक च्याम्पियन

काठमाडौं । नेपाललाई हराउदै भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि चुमेको छ ।

शनिबार राति माल्दिभ्समा भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले हराउदै भारतले उपाधि चुमेको हो ।

यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले खेलको ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो ।

यस संस्करणमा सुनिलको यो पाँचौं गोल हो भने भारतको लागि उनको ८० औं गोल हो । यसैगरि खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए । नेपालको भने पहिलो पटक साफको उपाधि जित्नबाट असफल भएको छ ।

तर, नेपाल पहिलो पटक साफमा उपविजेता बनेको छ । नेपालले पहिलो पटक साफको फाइनल खेलेको हो ।

सम्बन्धित खवर