बार्सिलोनाको मुख्य प्रशिक्षकमा जाभी नियुक्त - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बार्सिलोनाको मुख्य प्रशिक्षकमा जाभी नियुक्त

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाको मुख्य प्रशिक्षकमा जाभी हर्नान्डेज नियुक्त भएका छन् ।

रोनाल्ड कोयम्यानलाई बर्खास्त गरेपछि बार्सिलोनाले मुख्य प्रशिक्षककामा जाभीलाई नियुक्त गरेको हो ।

यस अघि बार्सिलोनाले कोयम्यानको स्थानमा सेर्जी बार्जुआनलाई अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।

बार्सिलोनाको लागि जाभीले खेलाडीको रुपमा १७ वर्ष खेल्दै सन् २०१५मा क्लब छाडेका थिए ।

जाभी अहिले अल–सादको मुख्य प्रशिक्षकमा रहेका थिए ।

स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार रुपमा खराब प्रदर्शन गरिरहेको छ र अहिले नवौं स्थानमा रहेको छ ।

 

सम्बन्धित खवर