नेपाली महिला क्रिकेट टिमको बंगलादेशमा अभ्यास सुरु - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली महिला क्रिकेट टिमको बंगलादेशमा अभ्यास सुरु

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले बंगालदेशमा आज शुक्रबारबाट तयारी सुरु गरेको छ ।

नेपाली टिम बिहिबार आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको तयारीका लागि बंगलादेश पुगेको हो ।

नोभेम्बर ११ तारिखसम्म बंगलादेशमा रहदा नेपालले बंगलादेश क्रिरा शिखा प्रोतिस्ठानविरुद्ध चारवटा अभ्यास खेल खेल्नेछ ।

विश्वकपको एसिया छनोट युएईमा नोभेम्बर १९ देखि २९ तारिखसम्म हुनेछ ।

प्रतियोगिताको पहिलो खेल नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ । नेपालले दोस्रो खेल भुटानविरुद्ध २३ तथा तेस्रो खेल कुवेतविरुद्ध २५ तारिखमा खेल्नेछ ।

नेपालले चौथो खेल मलेसियासँग २६ तारिख तथा पाँचौ खेल २८ तारिखमा युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतियोगिताको शीर्ष टोलीले आगामी वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ ।

 

सम्बन्धित खवर