एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लीस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाईटेडलाई पराजित गर्दै जीत निकालेको छ ।
शनिबार साँझ वल्ड ट्राफोर्डमा भएको डर्वी खेलमा सिटीले युनाईटेडलाई २–० गोल अन्तरले पराजित गर्दै जीत निकालेको हो ।
खेलको ७ औ मिनेटमा युनाईटेडका इरिक बेलीको आत्मघाती गोलसँगै सिटीले अग्रता बनाएको थियो ।
जोआओ कानसेलोको क्रसलाई डिफेन्ड गर्ने क्रममा युनाईटेडका डिफेन्डर बेलीले आत्मघाती गोल गरेका थिए ।
यसैगरि खेलको ४५ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए ।
त्यसपछि दुबै टोलीले गोल गर्न नसक्दा म्यानचेस्टर डर्वीमा सिटीले जित निकालेको हो । जितसँगै सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
सिटीले ११ मध्ये सात खेलमा जित तथा दुई खेलमा बराबरीसंगै २३ अंक जोडेको छ । युनाईटेड भने १७ अंक सहित पाँचौ स्थानमा रहेको छ ।