आईसीसी टी–ट्वान्टी विश्वकपबाट भारत बाहिरियो - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी–ट्वान्टी विश्वकपबाट भारत बाहिरियो

काठमाडौं । भारत आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।

सुपर १२ अन्तर्गत समूह २ मा अफगानिस्तानलाई आज आइतबार ८ विकेटले पराजित गर्दै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेसँगै समान दुई–दुई खेल जितेकोभारत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।

न्यूजिल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि लगातार चार खेल जित्दै पाकिस्तान यसै समूहबाट अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

न्यूजिल्यान्डको पाँच खेलमा चौथो जित हो । भारतले सुपर १२ को अन्तिम खेल नामिवियाविरुद्ध सोमबार खेल्नेछ ।

समूह १ बाट भने इंग्ल्यान्ड र अष्ट्रेलिया पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

 

सम्बन्धित खवर