मुख्य प्रशिक्षकको रुपमा बार्सिलोनाद्धारा जाभी सार्वजनिक - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुख्य प्रशिक्षकको रुपमा बार्सिलोनाद्धारा जाभी सार्वजनिक

एजेन्सी । जाभी हर्नान्डेजलाई हजारौ दर्शकमाझ स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक गरेको छ ।

सोमबार जाभीलाई बार्सिलोनाले नोउ क्याम्पमा मैदानमा उपस्थित हजारौ समर्थकमाझ सार्वजनिक गरेका हो ।

बार्सिलोनासँग ४१ वर्षीय जाभीले सन् २०२४ सम्मका लागि सम्झौता हस्ताक्षर गरेका छन् । मैदानमा जाभी क्लबका अध्यक्ष जोआन लापोर्तासँगै देखिएका थिए ।

जाभीले कतारी क्लब अल–साद छाडेर बार्सिलोना आएका हुन् । जाभीले खेलाडीको रुपमा बार्सिलोनाका लागि १७ वर्ष खेलेका थिए ।

सम्बन्धित खवर