आज नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारसँग टी–ट्वान्टी क्रिकेट सिरिजका लागि आज बिहान कतार प्रस्थान गरेका छन् ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेका हुन् ।

छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।

नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्ने छन् । नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।

नेपाली टिम हालै बंगलादेशमा तयारी सकेर स्वदेश फर्किएको थियो । बंगलादेशमा रहदा नेपाली टिमले बंगलादेशको स्थानीय टिमसँग सिरिज खेलेको थियो ।

सम्बन्धित खवर