‘ए’ डिभिजन लिग आजबाट सुरु, सातदोबाटो र फ्रेन्ड्सको बराबरी - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘ए’ डिभिजन लिग आजबाट सुरु, सातदोबाटो र फ्रेन्ड्सको बराबरी

काठमाडौं । नेपाली फुटबलको महाकुम्भ सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अजबाट शुरु भएको छ ।

आज शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।

दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेल्दै १/१अंक बाडेको हो ।

खेलको ३३ औं मिनेटमा सातदोबाटोका कप्तान मान बहादुर तामाङको फ्रिकिकमा आकाश बुढामगरको हेडरले पोस्टको दिशा लिन सकेन । यसैगरि दोस्रो हाफको सुरुआतमै सातदोबाटोका मार्टिन्स अजयीले सिक्स यार्ड बक्सबाट गोल गर्न सकेनन् । उनको हेड प्रहार बाहिरिएको थियो ।

५७ औं मिनेटमा सातदोबाटोका आकाश बुढा मगरको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले पन्च गर्दै बाहिर पठाए ।

यस्तै खेलको ५९ औं मिनेटमा फ्रेन्ड्सका नाथननिल गार्सियाको प्रहार पोस्ट बारमा लाग्दै फर्किएको थियो । यसैगरि खेलको ६६ औं मिनेटमा फ्रेन्ड्सका गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले मुश्किलले बचाए ।

खेलको ७६ औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सिमित भएको हो ।

खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो । उसका सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए ।

खेलमा फ्रेन्ड्सका गोलकिपर राहुल म्यान अफ दि म्याच चुनिए । लिग अन्तर्गत भोलि शनिबार दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।

 

सम्बन्धित खवर