आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित

काठमाडौ । नेपालले आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो जित निकालेको छ ।

नेपालले बिहिबार दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

नेपालले कुवेतले दिएको २८ रनको लक्ष्य ३ दशमलब ३ ओभरमा केवल एक विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा अल आउट हुदै जम्मा २७ रन जोडेको थियो ।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन ।

कुवेतलाई सस्तैमा समेट्न संगिता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे । यस्तै करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले एक–एक विकेट लिए ।

नेपालले यस अघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय भोगेपनि दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै ग्लोबल छनोटको सम्भावना कायमै राखेको थियो ।

 

सम्बन्धित खवर