इलामको माङसेबुङमा आत्मानन्द प्रतिमा शिलान्यास - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङमा आत्मानन्द प्रतिमा शिलान्यास

माङसेबुङ । किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा हिजो (शनिबार) आत्मानन्द प्रतिमा शिलान्यास गरिएको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले पहिलो पटक वि.स. २०४९ साल माघ ३ र ४ गते विश्व ब्रह्माण्डबारे भविष्यवाणी गर्नु भएको ऐतिहासिकस्थल माङसेबुङ ५ भालुटारमा अवस्थित श्री सरस्वती मावि परिसरमा आत्मानन्द प्रतिमा शिलान्यास गरिएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङका अनुसार अङसीमाङ लिङदेन आत्मानन्द सेइङले पहिलो पटक विश्व ब्रह्माण्डबारे भविष्यवाणी गर्नु भएको ठाउँमा अङसीमाङकै पूर्ण कदको प्रतिमा स्थापना गर्न लागिएको हो ।

आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रमसँगै जोडिएको प्रतिमा शिलान्यास कार्यक्रम प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवको आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

अङसीमाङ लिङदेन आत्मानन्द सेइङले विश्व ब्रह्माण्डबारे भविष्यवाणी गर्नु भएको ठाउँमा प्रतिमा स्थापना गर्न आवश्यक व्यवस्थापनका लागि माङसेबुङ निवासी बलबहादुर साङपाङले दिवंगत आफ्नो श्रीमति राना धनमाया साङपाङको स्मृतिमा ३५ लाख रुपैयाँ सौजन्य प्रदान गरेको किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले माङसेबुङ न्युजलाई बताए ।

अङसीमाङले पहिले भविष्यवाणी गरेको समयको तस्बीरलाई आधार बनाएर करिब ७ फिट अग्लो प्रतिमा स्थापना गर्न लागिएको माङगेन्ना समितिका अध्यक्ष योङहाङको भनाई छ ।

सम्बन्धित खवर