माओवादी केन्द्र माङसेबुङको अध्यक्षमा पुनः खम्बु सर्वसम्मत निर्वाचित - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माओवादी केन्द्र माङसेबुङको अध्यक्षमा पुनः खम्बु सर्वसम्मत निर्वाचित

माङसेबुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माङसेबुङ गाउँपालिकाको प्रथम अधिवेशनबाट पुनः लक्ष्मण (जनम) खम्वु अध्यक्षमा निर्वाचित भएका छन् । माङसेबुङको चतुरेमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट सर्वसम्मत खम्बु निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा देवि कुमार लिम्बु, नर बहादुर आङदेम्बे र पृथीमान चवेगु निर्वाचित भएका छन् । त्यस्तै सचिवमा डकिन्द्र लिम्बु, सहसचिव सुरेश राई र कोषाध्यक्षमा मिना कुमारी मगर निर्वाचित भएका छन् ।

कार्यक्रमको अवसरमा पार्टीमा विभिन्न माध्यमबाट योगदान गरेका ४२ जनालाई सम्मान समेत गरिएको आयोजक समितिले जनाएको छ ।

माओवादी केन्द्र माङसेबुङ गाउँपालिका अध्यक्ष लक्ष्मण राईको अध्यक्षतामा तथा पार्टीका जिल्ल कार्यालय सदस्य सोनाम राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला महिला अध्यक्ष समिक्षा खड्का लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रका माङसेबुङ सचिव डकिन्द्र लिम्बुको सञ्चालन रहेको थियो भने वडा नं. २ का निवर्तमान अध्यक्ष पृथीमान चवेगुले स्वागत मन्तव्य राखेका थिए ।

 

सम्बन्धित खवर