आत्मानन्द कप : झापा ११ लाई पराजित गर्दै फिदिम सेमिफाईनलमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : झापा ११ लाई पराजित गर्दै फिदिम सेमिफाईनलमा

माङ्सेबुङ । किरात धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब पान्थर सेमिफाईनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय स्तरको खेलाडी सहित मैदानमा उत्रेको झापा ११ लाई पराजित गर्दै फिदिम प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

फिदिम स्पोर्टिङ क्लब पान्थरका खेलाडीहरू

आज सोमबार भएको खेलमा झापा ११ विरुद्ध १ सुन्यको नतिजा निकाल्दै फिदिम प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो हाफमा दुवै टिमको तर्फ कुनै पनि गोल हुन सकेन् । खेलको ५५औं मिनेटमा फिदिमको तर्फबाट दिनेश लिम्बुले निर्णयक गोल गरेका थिए ।

झापा ११ का खेलाडीहरू

खेलको म्यान अफ दि म्याच फिदिमका दिनेश लिम्बु घोषित भएसँगै उनले नगर ५ हजार सहित प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तरगत भोलि (मंगलबार) हुने खेल माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र सिरिजङगा स्पोर्टिङ क्बल मोरङ विच अपरान्ह २ वजे हुने खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए । प्रतियोगिताको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ११ देखि १७ मंसिरसम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल मंसिर १७ गते हुने समारोह खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

खेलको म्यान अफ दि म्याच फिदिमका दिनेश लिम्बु प्रमाण पत्र ग्रहण गर्दै

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्र्पोटिङ क्लब पाँचथर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र सिरिजङगा स्पोर्टिङ क्बल मोरङको सहभागिता रहनेछ । माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ अघिल्लो संस्करणको समेत विजेता टिम हो ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।

म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए । त्यसका लागि किरात धर्मावलम्बी भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ । प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख १ सय ६८ रुपैयाँ पुगेको हो ।

 

 

सम्बन्धित खवर