कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपमा विर्तामोड र बाह्रदशी विजयी - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपमा विर्तामोड र बाह्रदशी विजयी

झापा । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगितामा विर्तामोड र बाह्रदशी विजयी भएका छन् ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आज मंगलबार देखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो खेलमा कमल गाउँपालिकालाई १९–२५, १५, २५ र २२–२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएका हुन् ।

प्रतियोगिताको म्यान अफ दि म्याच बाह्रदशीका सुदिप कार्की घोषित भएका छन् । उनलाई नगर दुई हजार सहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

यसैगरि प्रतियोगिताको दोस्रो खेलमा बुद्धशान्ति गाउँपालिकालाई २०–२५, १८–२५ को सोझो सेटमा पराजित गर्दै विर्तामोड नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत भोलि बुधबारको पहिलो खेलमा शिवसताक्षी नगरपालिकाले कन्काई नगरपालिकाको सामना गर्ने छन् भने गौरादह नगरपालिकाले भद्रपुर नगरपालिकासँग खेल्ने समिति सहसंयोजक तेजकुमार राईले बताए ।

झापा जिल्ला भित्रका पालिका स्तरीय हुने यस प्रतियोगितामा झापा जिल्लाभरीका १० वटा पालिकाहरुको सहभागिता रहेको खेल संयोजक सुदिप राईले बताएका छन् ।

संयोजक राईका अनुसार प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिकाको सहभागिता रहनेछ । प्रतियोगिता अपरान्ह १ बजे देखि सुरू हुनेछ ।

यस्तै प्रतियोगिताको पहिलो चरणमा वाइ पाएर बसेको झापा गाउँपालिकाले विर्तामोड नगरपालिकाको सामना गर्नेछन् भने दमक नगरपालिकाले शिवसताक्षी र कन्काईबीच भएको खेलको विजयी टिमको सामना गर्नेछ । खेल बिहानको ८ बजे देखि हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक राईले बताए ।

सम्बन्धित खवर