आत्मानन्द कप १४ औं सस्करणको उपाधि माङसेबुङलाई - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप १४ औं सस्करणको उपाधि माङसेबुङलाई

  • आन्छुमे नसान

माङसेबुङ । किरात धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा संचालित १४ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद समितिले चुमेको छ ।

माङसेबु स्थित आत्मानन्द खेलमैदानमा शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई ट्राईब्रेकरमा ४–३ ले पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा माङसेबुङ भाग्यमानी सावित हुदैं विजेता भएको हो ।

सुरुदेखि नै विपक्षीलाई दवावमा राख्न सफल भएको दमकले गोल गर्न नसकेपछि उपविजेतामा नै चित्त बुझाउन बाध्य बन्यो । दोश्रो हाफपछि ८ खेलाडीमा सीमित माङसेबुङलाई दवावमा राखेपनि गोल गर्न सकेन ।

यता माङसेबुङले भने सुरुदेखि नै रक्षात्मक खेलेको थियो । माङसेबुङका गोलरक्षक आयुस लिम्बूले रेडकार्ड पाएर बाहिरिएपछि रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो । निर्धारित समयसम्म खेल बराबरीमा रोक्न सक्नु नै माङसेबुङका लागि जितको आधार तय भएको थियो ।

जितसँगै माङसेबुङले नगद ३ लाख १ सय ६८ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले नगद २ लाख १ सय ६८ रुपैयाँमा चित्त बुझाएको छ ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिका खेलाडीहरू

त्यस्तै उत्कृष्ठ गोलरक्षक विजेता टिमका आयुस लिम्बू, उत्कृष्ठ डिफेण्डर विजेताकै रोनिस राई, उत्कृष्ठ खेलाडी विजेताकै प्रविन राई र सर्वाधिक गोलकर्ता उपविजेता टिमका किस्मत लिम्बू घोषित भए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा ११ मंसिरदेखि संचालित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको थियो ।

बिबिएफसी दमक झापाका खेलाडीहरू

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ ।

सम्बन्धित खवर