साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित

काठमाडौं । नेपाल साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत फाइनल नजिक पुगेको छ ।

नेपाल शुक्रबार बंगलादेशको ढाकामा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो ।

नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक–एक गोल गरे ।

मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् । यस्तै कुशुमले खेलको १८ औ मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् ।

यसैगरि रजनीले नेपाललाई २१ औं मिनेटमा ३–० को अग्रता दिलाईन । मेनुकाले ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।

भुटानमाथिको जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकालेको नेपालले सात अंक जोडेको छ । आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक रहेको छ ।

नेपालले अब डिसेम्बर १९ मा भारतको सामना गर्नेछ र सोही खेलको नतिजाले नेपालको अबको यात्राको टुंगो लगाउनेछ ।

 

 

सम्बन्धित खवर