‘ए’ डिभिजन लिग : मनाङलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘ए’ डिभिजन लिग : मनाङलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रलाई जित दिलाउन सुनिल बलले निर्णायक गोल गरे । सुनिलले खेलको इन्जुरी समयको दोस्रो मिनेटमा फ्रि–किकबाट सुन्दर गोल गर्दै मछिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

यस जितसँगै मछिन्द्रले ६ खेलमा १४ अंक जोडेको छ । मछिन्द्र मनाङ भन्दा एक अंकले अघि रहेको छ ।

 

सम्बन्धित खवर