नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमित - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । नेपालमा बिहीबार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार २ सय ९ पिसिआर परिक्षणका क्रममा ४ सय ७८ जना र ४ हजार ८ सय ९० एन्टीजेन परिक्षणका क्रममा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २६ हजार ९ सय २५ पुगेको छ ।

यसैगरि नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा ११ हजार ६ सय २ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यस्तै नेपालमा थप २ सय ७१ कोरोना संक्रमित निको भएका छन् । यो सँगै हालसम्म नेपालमा ८ लाख १३ हजार ४ सय ४७ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५ हजार ४ सय ३१ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर