फाल्गुनन्दमा स्वस्थ जीवनशैलीका लागि नागरिक आरोग्य कार्यक्रम - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाल्गुनन्दमा स्वस्थ जीवनशैलीका लागि नागरिक आरोग्य कार्यक्रम

  • पदम सुखी सम्बाहाम्फे

पाँचथर । फाल्गुनन्द गाउँपालिकाका वडा नम्बर ६ को आङसराङमा नागरिक आरोग्य कार्यक्रम सम्पन्न भएको छ ।

विहिवार स्वास्थ्य चौकी आङसराङको हलमा वडा स्तरीय नागरिक आरोग्य कार्यक्रम एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

स्वस्थ्य जीवनशैली,आयुर्वेद र योग, स्थानीयस्तरमा पाइने जडिबुटीहरुको विषयमा ३५ जना सहभागिहरुलाई शाखाका प्रमुख वरिष्ठ कविराज निरीक्षक राजु पराजुलीले सहजीकरण गरेका थिए ।

पालिकाको आयुर्वेद शाखा अन्तर्गत संचालन गरिएको कार्यक्रम संघीय सरकारको सशर्त अनुदानको दुई लाख रकमबाट वडाहरुमा अभिमुखिकरण कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रममा वडाध्यक्ष नारायण प्रसाद आङदेम्बे, सचिव जयबहादुर तामाङ,राजनीतिकदलका प्रतिनिधि,जनप्रतिनिधि, शिक्षक कर्मचारी, स्वास्थ्यकर्मी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर